काठमाडौँ, २ बैशाख । कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको हो । गम्भीर अवस्थाका दुवै जनालाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
हाईस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्