काठमाडौँ, २ बैशाख । भक्तपुरको मध्यपुरथिमिस्थीत बोडेमा जिब्रो छेड्ने जात्रा आज मनाइएको छ ।
जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ ।










प्रतिक्रिया दिनुहोस्