समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, ३ बैशाख । भक्तपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-१० नलिन्चोकस्थित सडकमा बा. ८४ प ६७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० चित्तपोल बस्ने ४८ वर्षीय अर्जुन परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।