समाचार

तीनजना जुवाडे पक्राउ



काठमाडौँ, ३ बैशाख । ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१४, खुमलटार बस्ने ४५ वर्षीय कुलबहादुर श्रेष्ठको मोबाइल सर्भिस सेन्टर पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू गएराति पक्राउ परेका हुन् ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८०० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।