काठमाडौँ, ३ बैशाख । प्रहरीले काठमाडौँबाट ४ करोड ५० लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्दै आएका ६२ वर्षीय शान्तिरमण पङ्गेनी र काठमाडौँको टोखा नगरपालिका–७ घर भएका ५८ वर्षीय टिका पङ्गेनी छन् ।
आरोपीहरूलाई बुधवार टोखाबाट पक्राउ गरिएको हो । कमलप्रसाद ज्ञवालीले दिएको जाहेरीको आधारमा आरोपीहरू विरुद्ध चैत ५ का कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।










प्रतिक्रिया दिनुहोस्