समाचार

खैरो हेरोइनसहित युवक पक्राउ



काठमाडौँ, ५ बैशाख । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेव महरालाई पक्राउ हो । उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको थियो । महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।