समाचार

बीपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन



काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार डाइभर्सनमाथि पनि अर्को डाइभर्सन बनाएर अहिले कुनापट्टिबाट वान वे (एकतर्फी) मात्र खोलेको र अरू पूरा बनाउन समय लाग्छ ।

यसबाहेक उक्त सडकखण्डमा अरू स्थानमा समस्या नरहेको प्रहरीले जनाएको । शनिबार वर्षासँगै खोलामा बहाव बढ्दा डाइभर्सन बगाएको थियो । आज बिहान करिब पौने ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।