समाचार

हत्या आरोपमा एक वृद्ध पक्राउ



काठमाडौँ, ७ बैशाख । उदयपुरमा हत्या आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राईलाई पक्राउ गरेको हो ।

सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार राति उनलाई पक्राउ गरिएको हो ।

आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए । नगर अस्पताल बेल्टारमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।