समाचार

कञ्चनपुरमा एक युवकको हत्या



काठमाडौँ, ८ बैशाख । कञ्चनपुरमा युवकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको हो ।

सोमबार राति साढे १ बजेतिर गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको थियो । घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थप अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।