काठमाडौँ, १५ जेठ । सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुमा भन्दा कम्तीमा एक तह न्यून गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।
सरकारले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।
उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्