राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै



काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले  बैठक आह्वान गरेको हो । 

बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। 

सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।