अर्थ

सेयर बजार २०.२७ अंकले घट्यो



काठमाडौँ, २५ जेठ । सेयर बजार आज २०.२७ अंकले घटेको हो ।

योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ ।

बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटकमा खरिद–बिक्री भएको हो ।

कालिञ्चोक हाइड्रो, क्रेस्ट माइक्रोलाइफ, सोपान फर्माटिकल्स, सामुदायिक लघुवित्त, सिभिल बैंकलगायत कम्पनी शीर्ष कमाउनेमा परे ।

समूहगत सूचकतर्फ फाइनान्स समूह ०.२६ प्रतिशतले घटेको छ । बाँकी समूह राताम्मे देखिएका छन् ।