अर्थ

एक खर्ब तान्दै राष्ट्र बैंक



काठमाडौँ, २९ जेठ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।

बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकम बराबरको निक्षेप संकलन गर्न लागेको हो । 

यसअघि जेठ २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँको २३ दिने निक्षेप संकलन गरेको थियो ।

बैंक तथा वित्तिय संस्थाहरूमा करिब ११ खर्ब रुपैयाँ बढी अधिक लगानीयोग्य पुँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरेको जनाएको छ । कर्जाको माग नबढ्दा लामो समयदेखि  यही स्थिति दोहोरिरहेको हो ।