काठमाडौँ, ३१ जेठ । तीव्र गतिमा नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान साढे ५ बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडक खण्डको लालपुरमा दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका गणेशपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु छ ।
ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपककुमारजंग शाहलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ ।
उक्त घटनामा तीनवटा भैंसी र एक पाडा पनि गम्भीर घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्