समाचार

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी



काठमाडौँ, १४ असार । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ ।

खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्‍याएका छन् । उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।