काठमाडौँ, १६ असार । धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सुनवालुवाको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
जंगलमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा नाम, थर र ठेगाना नखुलेको तथा पहाडी मूलको जस्तो देखिने पुरुषको शव सडेको अवस्थामा फेला परेको धनकुटाका प्रहरीले जनाएको छ ।
उनका अनुसार मृतकले लगाएको तल्लो वस्त्र विद्यालयका कर्मचारीले लगाउने पाइन्ट जस्तै देखिएको छ । शव फेला परेपछि पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल धनकुटाको शवगृहमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्