समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, १९ असार । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो ।

नेपाल प्रहरीका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए ।

जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।