सर्लाही, २३ असार । सर्लाही प्रहरीले ६० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले हरिवनबाट नारायणतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटो शंकाको आधारमा रोकी जाँच गरिएको थियो । जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा अटो चालक सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी निवासी ३५ वर्षीय थिरविक्रम रायमाझी र अटोमा सवार सोहि ठाउँ निवासी ३५ वर्षीय प्रदीप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।










प्रतिक्रिया दिनुहोस्