समाचार

३०८ केजी गाँजा बरामद



काठमाडौँ, २६ असार । सुनसरीको कोशी गाउँपालिका–७ भान्टाबारीस्थित केराबारी नजिकबाट ३०८ केजी गाँजा गएराति बरामद भएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीको टोलीले ३०८ केजी गाँजा बरामद गरेको हो । 

बरामद भएको गाँजा र संलग्न व्यक्तिको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।