विराटनगर, २८ असार । विराटनगर महानगरपालिका-१४ काे जतुवाबाट कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ परेका छन् ।
आइतबार बिहान सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो ।
जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएकाे थियाे । प्रहरीले उनको साथबाट दुई थान मोबाइल फोन र भालासमेत बरामद गरेको छ ।










प्रतिक्रिया दिनुहोस्