काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै ३६४ दिन अवधिको ऋणपत्र निष्कासनका लागि यही २०८३ असार २९ गते बोलकबोल आह्वान गरेको हो ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘छ’ नाम रहेको यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्र हुने बैंकले जनाएको छ । सोही दिन ऋणपत्र निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८४ असार २९ गते हुनेछ ।
यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । बोलकबोलमा सहभागी हुने संस्थाहरूले बहुब्याजदरमा समेत आवेदन दिन सक्नेछन् भने आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको ४ अंकसम्म खुलाउनु पर्नेछ ।










प्रतिक्रिया दिनुहोस्