काठमाडौँ, २९ असार । अविरल वर्षाले कोशी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ ।
आज बिहान ६ बजेतिर १ लाख ३१ हजार २ सय क्यूसेक मापन गरिएको पानीको बहाव दिउँसो १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।
दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ५८ हजार २ सय १० क्यूसेक पुगेको प्रहरीले जनाएको छ । हाल कोशी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुल्ला गरिएको छ ।
कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ ।










प्रतिक्रिया दिनुहोस्