काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँबाट ५२ जना तथा ललितपुर र भक्तपुरबाट ६/६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका सबै जनामाथि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्