काठमाडौँ, ३२ असार । आज सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो ।
आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म बजार २५८२ अंकको हाराहारीमा थियो । तर, अन्तिम समयमा बजारले एकैपटक झण्डै १५ अंकको सुधार हासिल गर्यो । योसँगै बजार बढेर बन्द भएको हो ।
आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन छैन ।
बजारमा तीन कम्पनीको सेयर मूल्य १४ प्रतिशत भन्दा धेरैले बढेको छ । यी कम्पनीहरुमा एनआईबीएल ग्रोथको १४.९६ प्रतिशत, फस्ट माइक्रोको १४.६७ प्रतिशत र चिरखुवा हाइड्रोको १४.३४ प्रतिशत रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्