काठमाडौँ, ४ साउन । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ ।
यसै सन्दर्भमा आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहिआएको छ ।
धर्मशास्त्रमा साउन महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ । साउन महिना भगवान् शिवलाई प्रिय हुनुको एउटा धार्मिक विश्वास समुद्रमन्थनसँग पनि जोडिएको छ ।
आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ ।










प्रतिक्रिया दिनुहोस्