काठमाडौँ, ४ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति करिब बाह्र बजे साधनको ठक्करबाट एक पैदलयात्री पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सवारी साधन सहित फरार रहेका चालकको खोजी तथा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्