अर्थ

बढ्यो नेप्से



काठमाडौँ, ८ साउन । साताको अन्तिम कारोबारमा सेयर बजार झन्डै ८ अंकले बढेको छ ।

शुक्रबार बजार ७.९० अंकले बढेर साताको कारोबार बन्द भएको हो । योसँगै बजार मापक २७३४.६३ विन्दुमा उक्लिएको छ । यस दिन १५२ कम्पनीको सेयर मूल्य बढेको छ । १०९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर ७० हजार १५८ पटकमा किनबेच भएको हो ।

एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  आत्मनिर्भर लघुवित्त, सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रो, झापा इनर्जीलगायत सेयर उच्च कमाउने शीर्ष स्थानका कम्पनी हुन् ।

समूहगत सूचकतर्फ फाइनान्स, जलविद्युत्, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युअचल फन्ड, अदर र ट्रेडिङ सूचक घटेका छन् । बाँकी समूह बढेका छन् ।