काठमाडौँ, ९ साउन । नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएको छ ।
नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाे निर्णयअनुसार यी समितिहरू खारेज गरिएको हो । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै मिति २०८३ साल श्रावण ५ गतेको निर्णयअनुसार राष्ट्रिय परिषद्, प्रदेश परिषद् र स्थानीय परिषद्का साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन तथा मिति २०८३ साल श्रावण ५ गतेको नेपाल स्काउटका प्रमुख स्काउट माननीय शिक्षा तथा खेलकूद मन्त्रीज्यूको निर्णयअनुसार नेपाल स्काउटका राष्ट्रिय परिषद्, प्रदेश परिषद्, स्थानीय परिषद् तथा सम्पूर्ण कार्यकारी समितिहरू विघटन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’










प्रतिक्रिया दिनुहोस्