समाचार

मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु



काठमाडौँ, १० साउन । धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा गएराति मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका ८ बालुवाटोलका आनन्द उपाध्यायको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उपाध्यायलाई उपचारका लागि हिरा हेल्थ केयर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको थियो । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार दुईजनाको अस्पतालमा उपचार भइरहेको छ ।