समाचार

एक पुरुष मृत अवस्थामा फेला



काठमाडौँ, १० साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेका छन् ।

घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।