काठमाडौँ, ११ साउन । आज साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।
बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन् । साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्।
यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। साउन ४ गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। गत हप्ता नभ्याएका काम यस हप्ता पूरा गरिएको कोषले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्