समाचार

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौँका अनुसार सोलुखुम्बुका २९ वर्षीय निमादोर्जी शेर्पाको मृत्यु भएको हो ।

गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई पोलमा ठोक्किएको थियो । उनको उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।