काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन ९ गते दिउँसो काठमाडौँ महानगरपालिका-१२ टेकुमा सर्वसाधारण तथा महिलाहरूलाई गालीगलौज र धाकधम्की दिने कार्य भइरहेको सूचना प्रहरीले पाएको थियो। आवतजावत र सवारी आवागमनमा समेत बाधा अवरोध पुर्याएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरूले प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका-८ घर भई भक्तपुरको चाँगुनारायण-९ बस्ने ४२ वर्षीय आशिष मोक्तानलाई पक्राउ गरेको हो । यसैगरी काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-६ घर भई काठमाडौँको गोकर्णेश्वर-६ बस्ने ४१ वर्षीय लोकमान मोक्तान र ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन् ।
नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्