राजनीति

कांग्रेस बैठक आज पनि बस्दै



काठमाडौँ, २८ साउन ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी बैठक आज दिउँसो १२ः३० बजे पुनः बस्नेछ ।

बुधबारको बैठकमा महामन्त्री गुरुराज घिमिरेसहित २८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । छलफल जारी रहेकाले आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने र आगामी रणनीतिबारे थप छलफल हुने जनाइएको छ ।