समाचार

१२ हेलिकोप्टर उद्धारका लागि परिचालन



काठमाडौँ, १० भदौ । बाढी प्रभावितहरूको उद्धार तथा खोजीका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाली सेनाको चारवटा र निजी कम्पनीका आठवटा गरी १२ वटा हेलिकोप्टर उद्धारका लागि परिचान गरिएको हो ।

नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ । रसुवाको स्याप्रवेशीबाट ६ जना, मैलुङबाट दुईजना, धन्चेबाट चारजना गरी १२ जनाको उद्दार गरिएको छ ।

उनीहरूलाई नेपाली सेनाको त्रिशूली नम्बर १ सैन्य तालिम केन्द्रमा ल्याइएको छ । उनीहरूको प्राथमिक उपचार त्यहाँ गरिने सेनाले जानाएको छ ।