समाचार

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १७७ पुग्यो



काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १७७ जनाको शव भेटिएको हो । अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको हो ।

हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ । बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १२ जना धादिङमा २७ जना, गोरखामा २० चितवनमा ६९, तनहूमा ९ जना न.प.पूर्वमा ३२ जना न.प.पशिममा ६ जना  मृत भेटिएको हो ।