समाचार

भोटेकोशी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो



काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ ।

गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षले जनाएको छ ।