काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई थप तीन दिनका लागि विस्तार गरेको छ।
रसुवा र आसपासका क्षेत्रमा बाढीले पुऱ्याएको जनधनको क्षतिका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै टेलिकमले पहिले उपलब्ध गराएको निःशुल्क सुविधालाई आगामी भदौ १२, १३ र १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।
यस सुविधा अन्तर्गत बाढी प्रभावित क्षेत्रका सेवाग्राहीले दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन् भने भ्वाइस कल सेवा पनि पूर्ण रूपमा निःशुल्क गरिएको छ।










प्रतिक्रिया दिनुहोस्