रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।
बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा कलैया उपमहानगरपालिका–१४ निवासी ३३ वर्षीय पाण्डेको बयोधा अस्पतालमा राति १०ः५० बजे मृत्यु भएको हो ।
पाण्डेको शव बयोधा अस्पतालमै राखिएको छ । दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्