समाचार

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा



काठमाडौँ, १४ भदौ । रसुवामा फेरि बाढी आएको चर्चापछि रोकिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनले एक सूचना जारी गर्दै बाढीको जोखिम नरहेको सूचना प्राप्त भएपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको जानकारी दिएको हो।

रसुवा क्षेत्रबमा बाढीआउन सक्ने सूचनाका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा कडाइ गरिएको थियो। नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौँ जाने तथा उताबाट आउने सवारी साधनहरू केही समय रोकिएका थिए। हाल अवस्था सामान्य भएसँगै प्रहरीले ती सबै सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिएको हो।