काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१ ज १६६६ नम्बरको ईभी गाडीको ठक्करबाट आइतबार बिहान एक पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेस प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ईभी गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्