समाचार

रौतहटमा आफ्नै घरमा एक जना मृत फेला



काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली

राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय हजारी साह आज बिहान आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय राजपुरमा जानकारी प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । 

साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।