काठमाडौँ, १९ भदौ । नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित मोडमा माईक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ३:३० बजे भे.१ ज.१६३४ नम्बरको माईक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा.प्र.०१–००६ ख.३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा माईक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।
घाइतेमध्ये सल्यान घर भएका अन्दाजी २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी पठाइएकोमा बिहान ४:२४ बजे चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेका छन् ।
घाईतेहरु:
१) जिल्ला दाङ सान्तिनगर गा.पा.-४ बस्ने वर्ष ३३ को निशान्त बि.क.को अनुहारमा चोट अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
२) जिल्ला दैलेख दुल्लु गा.पा.७ बस्ने वर्ष २३ को निराजन खवासको अनुहारमा चोट अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
३) जिल्ला बर्दिया मधवन- ३ बस्ने वर्ष ३५ को दिलिप पाण्डेको हातमा सामान्य चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानिमा उपचार भइरहेको ।
४) ऐ.ऐ.बस्ने वर्ष ३४ कि मिना आलेको अनुहारमा चोट अवस्था मध्यम थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
५) जिल्ला मुगु छायानाथ न.पा.११ बस्ने वर्ष २९ को अंक दमाईको खुट्टामा चोट अवस्था सामान्य नगर अस्पताल चिसापानिमा उपचार भइरहेको ।
६) ऐ.सोरु गा.पा.२ बस्ने वर्ष ३१ को जलनाथ योगीको दाहीने हातमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
७) ऐ.ऐ. मुगुम गा.पा.-११ बस्ने वर्ष ३२ को दिनेश साउदको अनुहारमा चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानिमा उपचार भइरहेको ।
८) जिल्ला कैलाली महनेल गा.पा.-७ बस्ने वर्ष २१ को मनोज बोहोरामको बाया हातमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
९) जिल्ला सल्यान बनघाट न.पा.-३ बस्ने वर्ष १९ को मनिष बि.क.को अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
१०) जिल्ला बर्दिया बांसगढी न.पा.-३ बस्ने वर्ष ४१ को तिर्थ बहादुर बुढा मगरको मुखमा चोट अवस्था सामान्य नगर अस्पताल चिसापानिमा उपचार भइरहेको ।
११) जिल्ला बाँके नेपालगन्ज उं.म.न.पा-४ बस्ने वर्ष २८ को कैलाश खत्रीको अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको
१२) जिल्ला बर्दिया बढैयाताल २ बस्ने वर्ष २० को कृष्ण प्रसाद उपाध्यको अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
१३) जिल्ला दार्चुला माहाकाली-१ बस्ने वर्ष ३७ को मोहन बम, अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
१४) जिल्ला बाँके कोहलपुर न.पा.-१ बस्ने वर्ष २३को तिलु सार्की,अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
१५) जिल्ला सुर्खेत भेरीगंगा न.पा.४ बस्ने वर्ष २२ को चन्द्र बुढा- अनुहारमा चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानिमा उपचार भइरहेको ।
१६) जिल्ला बर्दिया बढैयाताल गा.पा.-३ बस्ने वर्ष २१ को मोतिलाल रावलको अनुहारमा चोट, अवस्था सामान्य नगर अस्पताल चिसापानिमा उपचार भइरहेको ।
१७) जिल्ला डोल्पा मैकिचुला गा.पा.-१ बस्ने वर्ष २१ कि करिना बुढाको अनुहारमा चोट, अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
१८) जिल्ला जाजरकोट नल्का न.पा.१२ बस्ने वर्ष २३ को लोक बहादुर बोहोराको अवस्था मध्यम- थप उपचाको लागी देबदह मे.क.भलुही पठाइएको ।
१९) EV चालक जिल्ला बाँके कोहलपुर न.पा.-२ वर्ष २१ को हरिशंकर आचार्य सामान्य प्रहरीको नियन्त्रणमा स.चा.अ.प. भएको , मा.प.से.नगरेको ।










प्रतिक्रिया दिनुहोस्