समाचार

आजको मौसम



काठमाडौँ, २० भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  

पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ । 

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।