काठमाडौँ, २३ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको छ । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।










प्रतिक्रिया दिनुहोस्