काठमाडौँ, २६ भदौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्