काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका-२ तारेभिरस्थित जंगलमा ओखर जुवा खेलिरहेको अवस्थामा काभ्रेको महाभारत गाउँपालिका-३ घर भई हाल बनेपा बस्ने ३१ वर्षीय राम बहादुर मोक्तानसहित १० जना बिहीबार साँझ पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलिरहेकै स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाको खालबाट नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र १४ थान ओखर बरामद गरेको छ ।
पक्राउ परेका सबैजनामाथि प्रहरीले आवश्यक अनुधान अगाडि बढाएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्