समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार साँझ चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।   

उक्त घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।