समाचार

स्याउ बोकेको ट्रक दुर्घटना



काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका– १ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रकमा ४५० कार्टुन स्याउ रहेको छ ।

नदी किनारमा खसेका स्याउ काम नलाग्ने भई रु आठ लाख बराबरको क्षति भएको बताइएको छ । स्थानीय राँका गाउँका किसानबाट सङ्कलन गरी उक्त स्याउ बिक्रीका लागि लगिँदै थियो ।