समाचार

पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द



काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।

काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।